Tuesday, July 07, 2020
Home > अन्तराष्ट्रिय समाचार > करिब दुई हप्तासम्म गुफामा फसेपछि उद्धार गरिएकाहरुको भिडियो सार्वजनिक

करिब दुई हप्तासम्म गुफामा फसेपछि उद्धार गरिएकाहरुको भिडियो सार्वजनिक

थाइल्यान्डको एक गुफामा दुई हप्ताभन्दा बढी समयसम्म फसेपछि उद्दार गरिएका १२ जना बालक र उनीहरुका फुटबल प्रशिक्षकको भिडियो पहिलो पटक सार्वजनिक भएको छ ।

अस्पतालमा उपचार गराइरहेका उनीहरुको भिडियो सार्वजनिक गरिएको हो । गुफामा फसेका उनीहरुलाई तीन दिनको प्रयासमा उद्धार गरिएको थियो । नाटकीय तर शाहसिक ढंगले जोखिमपूर्ण रुपमा उद्धार गरेर उनीहरुलाई पानीले भरिएको गुफाबाट बाहिर निकालिएको थियो ।

सार्वजनिक गरिएको भिडियोमा उपचारका लागि भर्ना गरिएका बालकले मास्क लगाएको देखिएको छ । उनीहरुले अस्पतालको गाउन पहिरिएका छन् ।उद्धार अभियान सफलतापूर्वक सम्पन्न भएको भिडियो पनि सार्वजनिक गरिएको छ ।यसमा जोखिमपूर्ण उद्धारको मिसन कसरी संचालन गरिएको थियो भन्ने देखाइएको छ ।थाइल्यान्डका १२ जना फुटबल खेल्ने बालक र उनीहरुको प्रशिक्षक गत जुन २३ मा गुफाभित्र फसेका थिए यसैबीच थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ ।१७ दिनसम्म गुफामा फसेपछि विद्यार्थीहरुको तौल भने २ किलोसम्म घटेको छ ।(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *