Saturday, August 08, 2020
Home > राष्ट्रिय समाचार > खहरे खोलाको पुल भाचियो

खहरे खोलाको पुल भाचियो

चितवन, २८ असार । नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ५ स्थित खहरे खोलामा रहेको १ नम्बर पुलको रेलिङ भाँचिनुका साथै केही भाग फुटेको छ ।

पुलको एक साईडको भाग फुटेपछि अहिले एक तर्फी मात्र सवारी साधन संचालन गरिएको छ । अहिले मर्मत टोलीले मर्मत गरिरहेकोले एक तर्फी मात्र सावरी साधन सञ्चालन गरिएको नारायणगढ–मुग्लिन आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *