Tuesday, July 07, 2020
Home > अन्तराष्ट्रिय समाचार > थाइ युवाहरु फँसेको गुफालाई संग्राहलय बनाइने

थाइ युवाहरु फँसेको गुफालाई संग्राहलय बनाइने

२८, असार । थाइल्यान्डमा दुई सातासम्म १२ जना बालक र उनीहरूका फुटबल प्रशिक्षक फसेको ताम लुंग गुफालाई संग्रहालयमा परिणत गरिने भएको छ ।

उद्धारमा संलग्न अधिकारीहरूकाअनुसार त्यहाँ सम्पूर्ण उद्धार अभियान देखाइनेछ । कम्तीमा दुई कम्पनीले त्यसको कथालाई फिल्ममार्फत देखाउने प्रयास गरेका छन् । ताम लुंग थाइल्यान्डको एउटा विशाल गुफा संयन्त्र भइकन पनि त्यस क्षेत्र निकै अविकसित भएकाले पर्यटक खासै जाँदैनन् । थाइल्यान्डका पूर्वगर्भनर एवं उद्धार अभियानका प्रमुख नारोङसाको सोटानोकर्नले यस क्षेत्र अब जीवित संग्रहालयकारूपमा अन्तरक्रियात्मक तथ्यांक भन्डारकारुपमा खडा गरिने जानकारी दिए । उनले यो गुफा अब थाइल्यान्डको अर्काे महत्वपूर्ण आकर्षण बन्ने बताए । प्रधानमन्त्री प्रायुथ जनोचाले भने गुफाभित्र र बाहिर पर्यटकलाई सुरक्षित राख्ने सावधानीका उपाय अपनाइनुपर्नेमा जोड दिएका छन् । उद्धार सम्पन्न हुनुअगावै प्रेरणादायी इसाई चलचित्रहरू बनाउने अमेरिकी फिल्म निर्माता कम्पनी प्योर फ्लिकले आफ्ना निर्माता त्यस क्षेत्रमा पुगेर उद्धारकर्ताहरूसँग सम्भावित फिल्मका लागि अन्तर्वार्ता गरिराखेको जनाएको थियो । तर, लस एन्जलसको अर्काे कम्पनी इभान्होई पिक्चर्सले पनि आफूलाई थाई सरकार र नौसेनाले फिल्म निर्माणका लागि औपचारिकरूपमा छानेको जनाएको छ । १२ स्कुले बालक र उनीहरूका प्रशिक्षक गत जुन २३ मा उक्त गुफामा गएका थिए । उनीहरुलाई १७ दिनपछि सकुशल उद्धार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *