Tuesday, August 04, 2020
Home > मुख्य समाचार > ट्यांकरहरुमा लकिङ सिस्टमलाई पूर्ण कार्यान्वयन गरिने

ट्यांकरहरुमा लकिङ सिस्टमलाई पूर्ण कार्यान्वयन गरिने

विराटनगर, २८ असार । नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरले साउन पहिलो साताबाट ट्यांकरहरुमा लकिंग सिस्टमलाई पूर्ण कार्यान्वयन गर्ने भएको छ ।
भारतबाट इन्धन आयात गर्दा हुने चुहावट नियन्त्रण गर्न साउन पहिलो साताबाट सम्पूर्ण ट्यांकरहरुमा लकिंग सिस्टम लगाइने भएको हो । क्षेत्रीय कार्यालयले भारतीय आयल निगमको सिलीगुडी र बरौनी डिपोबाट ट्यांकरमार्फत इन्धन आयात गर्दै आएको छ । सो क्रममा इन्धन चुहावट हुने गरेको छ । मौसमी अनुकुलता (टेम्परेचर)को आधारमा ढुवानीकर्तालाई प्रति २० हजार लिटरमा २० लिटरसम्म छुट दिने गरिएको छ । सिक्योरिटी लकिंग सिस्टम लागुभएपछि भारतमा इन्धन लोड गर्ने ठांउमै ट्यांकरहरुमा तला लगाइने र सो ताला नेपालस्थित नेपाल आयल निगमको डिपोमै खोल्नेगरी व्यवस्थापन गरिएको छ । हाल सिलिगुडीबाट चारआली, विर्तामोड डिपोसम्म इन्धन ओसार्ने सम्पूर्ण ट्यांकरहरुमा सिक्योरिटी लकिंग सिस्टम लगाइसकिएको छ । क्षेत्रीय डिपो विराटनगरका लागि इन्धन ओसार्ने ३ सय ५० ट्यांकरहरुमध्ये ९० प्रतिशतमा लकिंग सिस्टम लगाइसकिएको र बाँकी १० प्रतिशतमा पनि छिट्टै सिस्टम लगाइने निगमका क्षेत्रीय प्रमुख भानुभक्त खनालले जानकारी दिनुभयो । आउदो साउनको पहिलो सातादेखि लकिंग सिस्टमलाई पूर्णरुपमा कार्यान्वय गराइने उहाँले जानकारी दिनुयभो ।

लकिंग सिस्टम पूर्णरुपमा लागू भएपछि आयल निगम र ढुवानीकर्तामाथि लाग्ने गरेको इन्धन चोरीको ब्लेम अन्त्य हुने उहाँको भनाइ छ । निगमको क्षेत्रीय डिपो विराटनगरले भारतको बरौनीबाट ९० प्रतिशत इन्धन आयात गर्ने गरेको छ । क्षेत्रीय डिपोमा बार्षिक २ लाख ४० हजार केएल डिजल र ६६ हजार केएल पेट्रोल आयात गर्ने गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *