Sunday, January 17, 2021
Home > मुख्य समाचार > केशलियामा डुबेर बालक बेपत्ता

केशलियामा डुबेर बालक बेपत्ता

विराटनगर, साउन २९, विराटनगरस्थित केशलिया खोलामा डुबेर एक जना बालक बेपत्ता भएका छन । विराटनगर–१ पोखरीया बुद्धचोकका १६ बर्षिय बालक सजेश रौनियार डुबेर बेपत्ता भएका हुन । विराटनगरको बरगाछी पश्चिम वडानम्बर ४ स्थित केशलिया खोलामा ९ जना साथीहरुको समूहमा नुहाउन गएका बालक नुहाउने क्रममा गहिरो पानीमा डुबेर बेपत्ता भएका हुन । डुबेका बालक पोखरीया माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत रहेको रौनियार संगै समूहमा गएका विराटनगर ४ का जनम राईले जानकारी दिए । डुब्दै गरेका रौनियारलाई आफुले बचाउने प्रयास गरेपनि सफल नभएको राईले जानकारी दिएका छन । विराटनगर–४बालक डुबेको होहल्ला भएपछि स्थानीय सहित प्रहरीको टोलीले खोलाको २ सय मिटर क्षेत्रमा पौडिएर खोजतलास गरेपनि फेला पार्न सकेको छैन । रौनियारसंगै नुहाउन गएका ८ जना बालकसंग प्रहरीले सोधपुछ गरेको छ । बालक डुब्नु अघि नुहाउने क्रममा साथीहरुले खिचेको फोटो मकालु टेलिभिजनलाइ प्राप्त भएको छ । घटनास्थल पुगेको प्रहरीले डुबेको बालक खोज्न शसस्त्र प्रहरी बराह बाहिनी मुख्यालय पकलीबाट गोताखोर झिकाइएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *