Tuesday, July 07, 2020
Home > अन्तराष्ट्रिय समाचार > इटालीमा एक पुल भत्किदा २२ जनाको मृत्यु

इटालीमा एक पुल भत्किदा २२ जनाको मृत्यु

साउन २९, इटालीमा एकक पुल भत्कँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा अरु थुप्रै घाइते भएका छन् ।इटलीको गेनोआमा रहेको पुल एक्कासी भत्किदा पुलमा गुडिरहेका थुप्रै सवारी–साधन करिब ९० मिटर तल खसेका छन् । सन् १९६० मा बनेको प्रख्यात मोरान्दी पुल इटालीमा आउने आँधीका कारण जीर्ण बन्दै गएको थियो । इटलीमा केही दिनदेखि जारी वर्षाका कारण जीर्ण बन्दै गएको पुल भत्केको हुनसक्ने आंकलन गरिएको छ । घटनामा दर्जनौं सवारी–साधनमा क्षति पुगेको छ । घटनाबारे अनुसन्धान थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *