Tuesday, July 07, 2020
Home > अन्तराष्ट्रिय समाचार > अफगानिस्तानको एक शैक्षिक केन्द्रमा बम विस्फोट, ४८ जनाको मृत्यु

अफगानिस्तानको एक शैक्षिक केन्द्रमा बम विस्फोट, ४८ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक केन्द्रमा भएको बम विस्फोटमा कम्तिमा ४८ जनाको मृत्यु भएको छ । विद्यार्थीहरु पढिरहेका बेला शैक्षिक केन्द्रमा छिरेका एक जना आत्मघाती आक्रमणकारीले बम विस्फोट गराउँदा अन्य ६७ जना घाइते भएका छन् । मारिनेमध्ये अधिकांश छात्र रहेको बताइएको छ । विश्वविद्यालयको प्रवेश परीक्षाको तयारीका लागि ट्युसन पढिरहेका विद्यार्थीमाथि बम आक्रमण भएको हो । विद्यार्थी पढिरहेका बेला प्रवेश गरेका आत्मघाती आक्रमणकारीले आफूलाईसमेत बमले उडाएका थिए । अफगानिस्तानको चरमपन्थी संगठन तालिवानले घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । यो घटना शियाहरुको बाहुल्य भएको क्षेत्र नजिकै भएको हो । अफगानिस्तानमा इस्लामिक स्टेट समूहले शिया समुदायलाई निशाना बनाउँदै आएको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *