Wednesday, October 21, 2020
Home > अन्तराष्ट्रिय समाचार > भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य नाजुक

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य नाजुक

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य नाजुक बनेको छ । उहाँलाई लाइफ सपोर्टमा राखिएको छ । ९३ वर्षीय वाजपेयीको अल इण्डिया इन्सटिच्युट अफ मेडिकल साइन्स (एम्स)मा विगत दुई महिना अघिदेखि उपचार भइरहेको छ । बुधबार अचानक उहाँको स्वास्थ्य झन् बिग्रिएकाले लाइफ सपोर्टमा राखिएको चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय जनता पार्टीका संस्थापकसमेत रहनु भएका वाजपेयी मिर्गौला र छातिको समस्याबाट पीडित हुनुहुन्छ । उहाँसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, मन्त्रीहरु, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह लगायतले अस्पताल पुगेर भेट गर्नुभएको छ । वाजपेयी तीन पटकसम्म भारतको प्रधानमन्त्री बन्नु भएको छ । उहाँलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाटसम्मान पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *