Wednesday, October 21, 2020
Home > मुख्य समाचार > बेपत्ता बालकको शव हराएको ३ दिनपछि फेला

बेपत्ता बालकको शव हराएको ३ दिनपछि फेला

विराटनगर, ३१ साउन । मंगलबार दिउँसो केशलिया खोलामा डुबेर बेपत्ता भएका विराटनगर–१ का १६ बर्षिय बालक सजेश रौनियारको शव भेटिएको छ ।
मृतक रौनियारको शव खोलामा नुहाउन पसेको स्थानभन्दा १ किलोमिटर दक्षिणतर्फ खोलामा तैरिरहेको अवस्थामा भेटिएको हो । स्थानीयवासीले खबर गरेपछि पुगेको सशस्त्र प्रहरीको टोलीले खोलाबाट शव निकालेको छ । विराटनगर–६ स्थित डम्पिङ साइट पश्चिम र बर्जु गाउँपालिकाको वडानम्बर २ भीमपुरको सिमानामा शव भेटिएको हो । विराटनगर ४ स्थित केशलिया खोला पुलको २ सय मिटर उत्तरतर्फ खोलामा नुहाउने क्रममा रौनियार बेपत्ता भएका थिए । मृतकको शव पोष्टमार्टमका लागि कोशी अंचल अस्पताल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *