Wednesday, January 27, 2021
Home > मुख्य समाचार > युवतीको आफ्नै प्रेमीले गरे हत्या

युवतीको आफ्नै प्रेमीले गरे हत्या

विराटनगर, १ भदौ । मोरङको ग्रामथान गांउपालिकामा एक युवतीको धारिलो हतियार प्रहारगरी हत्या भएको छ ।
विराटनगर–१३ की २३ वर्षीया शिखा घिमिरेको हत्या भएको हो । विराटनगरबाट स्कुटरमा सँगै ग्रामथान गाउँपालिकाको नहर छेउमा लिएर गएका शिखाकै छिमेकी दिनेश भट्टराईले उनको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । को १७ प १७३३ नम्बरको स्कुटीमा दुवैजना ग्रामथान गाउँपालिकाको वडा नम्बर ३ स्थित चारपोखरी नहर छेउस्थित स्मशानघाटमा पुगेपछि भट्टराईले शिखाको टाउकोसहित शरीरका विभिन्न भागमा दाउ प्रहार गरेका थिए । दाउ प्रहारबाट शिखाको तत्कालै मृत्यु भएको थियो । धारिलो हतियार प्रहारबाट शिखा चिच्याएपछि छेउछाउका खेतमा काम गरिरहेका किसानहरुले भट्टराईलाई लखेटेर समातेका थिए । हत्या गरेपछि स्कुटर लिएर भाग्न लागेका भट्टराईलाई आफूहरुले समातेर प्रहरीलाई बुझाएको स्थानीय सुमित चौधरीले जानकारी दिनुभयो ।
मृतक घिमिरे विराटनगरकै मेरील्याण्ड कलेजमा ब्याचलर अन्तिम वर्षको छात्रा रहेको जनाइएको छ । अभियुक्त भट्टराई र हत्या गरिएकी मृतक शिखाबीच आपसी घनिष्ठता रहेको पारिवारिक स्रोतले जनाएको छ । मृतक शिखाका काकाका अनुसार दुवैजना केही समयपछि अष्ट्रेलिया जाने तयारीमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *