Friday, April 03, 2020
Home > अन्तराष्ट्रिय समाचार > पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खान

पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खान

पाकिस्तानका पूर्वक्रिकेटर इमरान खान पाकिस्तानका नयाँ प्रधानमन्त्री बन्नु भएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ खुवाउनु भएको थियो । शपथ ग्रहण कार्यक्रममा पूर्व क्रिकेटर खान कालो रंगको सेरबानी लगाएर उपस्थित हुनु भएको थियो । नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक(ए)इन्साफका अध्यक्ष खान पाकिस्तानको २२ औं प्रधानमन्त्री चुनिनु भएको थियो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *