Wednesday, April 01, 2020
Home > मुख्य समाचार > विराटनगरको भृकुटीचोकमा सुरक्षा गार्डको हत्या

विराटनगरको भृकुटीचोकमा सुरक्षा गार्डको हत्या

विराटनगर, ३ भदौ । विराटनगर–१३ की शिखा घिमिरेको हत्या भएको तीन दिन नबित्दै विराटनगरमा एक व्यक्ति हत्या भएको छ । विराटनगरमा सुरक्षा गार्डका रुपमा काम गर्ने एक ब्यक्तिको हत्या भएको हो ।
विराटनगर–४, ज्योतिनगर टोलका ४८ वर्षीय टंकप्रसाद भट्टराईको आफ्नै कार्यस्थलमा हत्या भएको छ । विराटनगर–३ भृकुटीचोकस्थित न्यू बिक्की हार्डवेयरमा सुरक्षा गार्डको कामगर्ने भट्टराई पसल परिसरभित्रै रक्ताम्य अवस्थामा मृत भेटिएका हुन् । मृतकको अनुहारसहित शरीरका विभिन्न भागमा धारिलो हतियारबाट चोट लागेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन । यस्तै कम्मर छेउमा धारिलो हतियारले छेडेको छ । सो हार्डवेयरका कामदार दिनेश आचार्य आइतबार बिहान ड्युटीमा आएपछि भट्टराईलाई मृत देखेर पसलधनीलाई खबर गरेका थिए ।
पसलको सुरक्षार्थ बिहान र बेलुका एक–एकजना सुरक्षा गार्ड राखिएको पसल सञ्चालकले जानकारी दिएका छन् । पसल सञ्चालक निरबकुमार अग्रवालले मृतक गार्ड आकाश सेक्युरिटी कम्पनीबाट ल्याइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *