Friday, November 27, 2020
Home > मुख्य समाचार > विराटनगरमा शवसहित प्रदर्शन

विराटनगरमा शवसहित प्रदर्शन

४ भदौ ,विराटनगरमा कार्यस्थलमै शनिबार राति हत्या गरिएका टंक भट्टराईका परिवार र आफन्तले शवसहित सोमबार विराटनगरमा प्रदर्शन गरेका छन । विराटनगर ३ स्थित न्यु विक्की हार्डवेयरमा शंकास्पद अवस्थामा मृत भेटिएका विराटनगर ४ का मृतक भट्टराईका परिवार सहित वडा नम्बर ३ का वडाबासीले हत्यारालाई कारवाही र राहतको माग गर्दै प्रर्दशन गरेका हुन् । घटनापछि धरानबाट पोस्टमार्टम गरी ल्याइएको भट्टराईको शवसहित उनीहरुले प्रदर्शन गरेका हुन् । पीडित पक्षको प्रदर्शनमा अखिल नेपाल सेक्युरीटि मजदुर संगठन मोरङले समेत ऐक्यबद्धता जनाएको छ । सो क्रममा पीडित पक्षले सोमबार दिउँसो शवसहित घटनास्थल विक्की हार्डवेयर पसल अगाडी शव राखेर केहिबेर प्रर्दशन गरेका थिए । मृतककी छोरी नविना भट्टराईले आफुहरुले न्याय नपाएसम्म शवको अन्त्येष्टि नगरी प्रदर्शन जारी राख्ने बताउनु भयो । पसल अगाडि शव राखेर केहिबेर प्रदर्शन गरेका पीडित पक्षले केहिबेरपछि धरानरोडको मुख्य राजमार्गमा शव राखेर धर्नामा बसेका थिए । झण्डै एकघन्टा बढीको प्रयासपछि प्रहरीले प्रर्दशनकारीलाई छेकबार लगाउँदै सडकमा राखिएको शव कब्जामा लिएको थियो । सडकबाट उठाएको शव पछि प्रहरीले मृतकका आफ्न्तलाई नै जिम्मा लगाएको थियो । यसैबीच मृतक भट्टराईको शव जिम्मा लिएका आफन्तले सोमबारै साँझ उनको अन्त्येष्टि गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *