Sunday, March 29, 2020
Home > खेलकुद समाचार > तेक्वान्दोतर्फ नेपाल पदकविहीन

तेक्वान्दोतर्फ नेपाल पदकविहीन


इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दोतर्फ नेपाल पदकविहीन बनेको छ । तेक्वान्दोका अन्तिम दुई खेलाडी आज पराजित भएसँगै नेपाली खेलकुदको सर्वाधिक सफल खेल तेक्वान्दोमा नेपाल निराश भएको हो । आज भएको पुरुष ६८ केजी मुनीको तौल समुहमा ज्ञानेन्द्र हमालले एक खेल जिते पनि अन्तिम १६ मा पराजित भए । अन्तिम ३२ चरणको खेलमा ज्ञानेन्द्रले भुटानका जिग्मे वाङ्चकलाई ३९–१७ ले हराएका थिए । तर दोस्रो खेलमा उनलाई मलेसियाका रोजामी रोजालीले प्वाईन्ट ग्यापको आधारमा ३०–२ ले पराजित गरे । तेक्वान्दोकै महिला ४९ केजी मुनीको तौल समूहमा अस्मिता खड्कालाई ईरानकी खेलाडीले प्वाईन्ट ग्यापको आधारमा ४३–४ ले पराजित गरिन् । यो हारसँगै तेक्वान्दोमा नेपालका सबै १४ खेलाडीको यात्रा टुंगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *