Monday, January 18, 2021
Home > Uncategorized > उत्तरी मोरङमा तीन नगरपालिकाले एक दर्जन वढी शीर्षकमा कर नलिने

उत्तरी मोरङमा तीन नगरपालिकाले एक दर्जन वढी शीर्षकमा कर नलिने

९ भदौ ,उत्तरी मोरङमा तीन नगरपालिकाले विभिन्न एक दर्जनभन्दा वढि शीर्षकमा कर नलिने घोषणा गरेका छन् । बेलबारी नगरपालिकाले डेढ दर्जनभन्दा वढि शीर्षकमा कर नलिने निर्णय सार्वजनिक गरेको छ भने सुन्दरहरैचा नगरपालिकाले पनि यस अघि नै विभिन्न १५ शीर्षकमा कर नलिने घोषणा गरिसकेको थियो । साथै उर्लावारी नगरपालिकाले भर्खरै पत्रकार सम्मेलन गरेर कर संसोधन गरेको जानकारी गराएको थियो । बेलबारी नगरपालिकाले दिएको जानकारीअनुसार बेलबारी नगरपालिकामा जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराई दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता सिफारिश पनि निःशुल्क हुने बताइएको छ । सहकारी संस्थाहरूको नवीकरण, नयाँ सहकारीको दर्ता, साना मझौला तथा ठूला उद्योगमा आगलागी भएको सिफारिश, वैैदेशिक रोजगारमा मृत्यु भएका व्यक्तिको सिफारिशमा अवदेखि कुनै शुल्क नलाग्ने भएको छ । त्यस्तै, दलित तथा अपाङ्ग, परिचयपत्र सिफारिश, सार्वजनिक मन्दिर, गुठी, अस्पताल सामुदायिक विद्यालय, गुम्बा आदिमा गरिने सिफारिसमा पनि नगरपालिकाले कुनै शुल्क लिने छैन । अल्पसख्यक दलित, गरिब, सबै प्रकारका अनुसूची फारम, औषधी, एम्बुलेन्स र दमकलमा पनि शुल्क पनि नलिने निर्णय भएको बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *