Sunday, May 26, 2019
Home > मुख्य समाचार > सुरक्षा गार्ड भट्टराईको हत्या गर्ने ठेलावाला पक्राउ

सुरक्षा गार्ड भट्टराईको हत्या गर्ने ठेलावाला पक्राउ

१० भदौ, विराटनगर । गएको भदौ ३ गते विराटनगरस्थित न्यूविक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्यामा संलग्न एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मृत भेटिएका सुरक्षागार्ड टंकप्रसाद भट्टराईको आपसी विवादका कारण हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गरी आइतबार सार्वजनिक गर्दै घटनाको बिषयमा जानकारी गराएको हो । प्रहरीले भट्टराईको हत्यामा संलग्न अभियुक्त विराटनगर ४ जामुनगाछीका २६ बर्षीय संजय सहनीलाई सार्वजनिक गर्दै आपसी विवाद र लेनदेनका कारण हत्या भएको जनाएको छ । सो बिषयमा जानकारी दिदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख,एसपी मनोजकुमार केसीले आपसी वादविवाद भएपछि अभियुक्त सहनीले भट्टराईलाई रडको टुक्रा प्रयोगगरि हत्या गरेको बताउनुभयो । उहाँले अभियुक्त सहनी दुब्र्यसनी रहेको जानकारी दिदै हत्यापछि मृतक भट्टराईको साथमा रहेको २५ सय नगद र मोबाईल समेत लुटेर गएको बताउनुभयो । हत्यापछि फरार रहेका सहनीलाई आइतबार बिहान १२ बजे विराटनगरको सिमाक्षेत्रबाट पक्राउ गरिएको केसीले जानकारी दिनुभयो । अभियुक्त सहनी ठेलाचालक रहेको बताउदै एसपी केसीले घटनाको दिन सहनी तीनचार पटक शंकास्पद अवस्थामा विक्की हार्डवेयरमा ओहोरदोहोर गरेको सिसि टिभि फुटेजमा देखिएको बताउनुभयो । यसअघिदेखिनै मृतक भट्टराईसंग चिनजान रहेका सहनीले वादविवाद भएपछि २ गते राती १० बजेको समयमा भट्टराईको हत्या गरेको अनुशन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *