Sunday, September 27, 2020
Home > मुख्य समाचार > सामाजिक सञ्जाल इमोमार्फत ठगी गर्ने पक्राउ

सामाजिक सञ्जाल इमोमार्फत ठगी गर्ने पक्राउ

सामाजिक सञ्जाल इमो मार्फत रकम ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय रंगेलीले ३ जना लाई पक्राउ गरेको छ ।
प्रहरीले रंगेली नगरपालिका ६ बस्ने २१ वर्षिय अजितकुमार साह, रंगेली ९ बस्ने १९ वर्षिय कैलाश ऋषिदेव र सुनवर्षि नगरपालिका ५ वस्ने ३३ वर्षिय हेमशंकर ऋषिदेवलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई रंगेली बजार स्थित मनोज मनी ट्रान्र्सफर नजिककैबाट पैसा निकाल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीका अनुसार झापा दमक ८ बस्ने सिता भुजेललाई इमो मार्फत फोन गरी भारतीय २५ लाख रुपैया पुरस्कार विजेता भनी पुरस्कार प्राप्त गर्नका लागी डेढ लाख रुपैया आई.एम.ई मार्फत माग गरी रकम ठगी गरेको सुचनाको आधारमा पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *