Saturday, March 23, 2019
Home > मुख्य समाचार > संविधान दिवस : जनताको दिवस : प्रधानमन्त्री

संविधान दिवस : जनताको दिवस : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्ने बताउनु भएको छ । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधान दिवसलाई ‘जनताको दिवस’ को रुपमा मनाउनुपर्ने आवश्यक्ता औंल्याउनुभएको हो । आज सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आगामी असोज ३ गते मनाउन लागिएको संविधान दिवसलाई भव्यताका साथ मनाउन सबै स्थानीय तहलाई पनि सचेत गराउनुभयो । मुलुकको सुन्दर भविष्य कोरिएको संविधान दिवसलाई धुमधामका साथ मनाउन आ–आफ्नो ठाउँबाट आवश्यक तयारी गर्न पनि प्रधानमन्त्री ओलीले मातहतका निकायलाई सचेत गराउनु भयो । उहाँले यो संविधानको महत्व झल्काउने खालका गतिविधि संविधान दिवसको अवसर पारेर अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिनु भयो । प्रधानमन्त्री ओलीले हिमाल, पहाड, तराई, मधेशको उत्सवको रुपमा संविधान दिवसलाई मनाउनुपर्ने पनि स्मरण गराउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल टेलिकमलाई संविधान दिवसको अवसर पारेर एक हप्ताका लागि भएपनि मोवाईल सेवामा सहुलियत दिन पनि आग्रह गर्नुभयो । यस वर्षको संविधान दिवसलाई सफल बनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति र त्यसअन्तर्गत प्रचारप्रसार उपसमिति, मंच सजावट तथा मंच व्यवस्था उपसमितिलगायतका उपसमितिहरु गठन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा असोज ३ गते सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री एवम् संविधान दिवस मूल समारोह समितिका अध्यक्ष केपी ओलीको सम्बोधन गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *