Friday, April 03, 2020
Home > मुख्य समाचार > आन्दोलनमा जाने प्रदेश १ का ट्रेड युनियनहरुको चेतावनी

आन्दोलनमा जाने प्रदेश १ का ट्रेड युनियनहरुको चेतावनी

२१ भदौ ,सरकारले लागू गरेको सामाजिक सुरक्षाकोष तथा गत साउनमा जारी गरेको श्रम ऐन अनुसार मजदुरहरुले पारिश्रमिक नपाएको भन्दै प्रदेश १ का ट्रेड युनियनहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन । नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघ तथा समाजवादी ट्रेड युनियन महासंघले विहीबार संयुक्तरुपमा विराटनगरमा पत्रकार सम्मेलनगरी सात दिनभित्र तोकेको पारिश्रमिक कार्यान्वयन नभए आन्दोलनमा जाने घोषणा गरेका हुन । २०७४ साल भदौमा सामाजिक सुरक्षा ऐन लागू भएको थियो । सामाजिक सुरक्षा ऐन अन्र्तगत मजदुरले पाउनुपर्ने ११ सय ३६ रुपैयाँ तथा गत साउनदेखि लागू गरेको मासिक १३ हजार ४ सय ५० रुपैया पारिश्रमिक नपाएको ट्रेड युनियनहरुले जनाएका छन । नेपाल ट्रेड युनियन महासंघ एक नम्वर प्रदेशका अध्यक्ष किशोर धमलाले नेपाल सरकारले तोकेको वेतन उद्योगले नदिएको वताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेस एक नम्वर प्रदेशका संयोजक नारायणवावु कार्कीले सरकारले तोकेको पारिश्रमिक उद्योग संचालकहरुले नदिए ट्रेड युनियन कडा आन्दोलनमा जाने वताउनुभयो । पत्रकार सम्मेलनमा सरकारले न्युनतम पारिश्रमिक तोकेपनि उद्योग धन्दा कलकारखाना, निजि अस्पताल , डिर्पाडमेन्ट स्टोर, निजि विद्यालय तथा सेक्युरिटि लगायतमा कार्यान्वय नभएको बताइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *