Friday, March 05, 2021
Home > मुख्य समाचार > कर्मचारीले कम खर्चमा दोब्बर काम गर्नुपर्छ : केपी ओली

कर्मचारीले कम खर्चमा दोब्बर काम गर्नुपर्छ : केपी ओली

प्रधानमन्त्री केपी ओलीले खर्च कम र काम दोब्बर गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले काम नगर्ने तर अधिकार प्राप्तीको नाममा आन्दोलन गर्ने कर्मचारीहरुलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिनुभयो । निजामती सेवा दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्र निर्माण गर्ने संकल्प पूरा हुने गरी दोब्बर काम गरेर उत्पादनलाई पनि दोब्बर वृद्धि गर्ने दायित्व पूरा गर्न पनि कर्मचारीहरुलाई सचेत गराउनु भयो । प्रधानमन्त्री ओलीले मुलुकमा संख्यात्मक हिसावले कर्मचारीहरुको अभाव नभएको दावी पनि गर्नु भयो । उहाँले विषयगत कर्मचारीहरुको अभाव भएको भने स्विकार गर्दै त्यसलाई पूर्ति गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई आवश्यक सेवा र सुविधा दिन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले कर्मचारी संगठन खारेज नहुने पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘सुखी नेपाली र समृद्ध नेपाल’ बनाउने सरकारको संकल्प पूरा गराउने जिम्मेवारी पूरा हुने गरी काममा लाग्न कर्मचारीहरुलाई सचेत गराउनुभयो । उहाँले सुशासन र विकासको गतिलाई तीव्रता दिन ढिलाई नगर्न पनि कर्मचारीहरुसँग आग्रह गर्नुभयो । मन्त्री पण्डितले कर्मचारीको अभाव हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *