Friday, April 03, 2020
Home > खेलकुद समाचार > नेपाललाई जित्नै पर्ने दबाब

नेपाललाई जित्नै पर्ने दबाब

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो खेलमा नेपाल र बंगलादेश भिड्दै छन् । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयानुसार आज साँझ ६.४५ बजे सुरु हुने खेलमा आयोजकसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । सेमिफाइनल प्रवेश गर्नका लागि आजको खेल नेपाललाई जित्नै पर्ने दबाब छ । समूहमा दुई खेल सकिँदा ६ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ । ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ भने तेस्रो स्थानको पाकिस्तानको पनि समान ३ अंक नै छ । त्यसैले आजको खेल जिते मात्र नेपाल सेमिफाइनलमा पुग्ने छ । यसअघि भएको खेलमा नेपालले पाकिस्तानसँग २–१ ले पराजित भएको थियो भने भुटानलाई ४—० गोलले हराएको थियो । यसैविच प्रतियोगिता अन्तर्गत आजै हुने पहिलो खेल पाकिस्तान र भूटानविच हुदंैछ । पाकिस्तान र भूटानविचको खेल नेपाली समायानुसार दिउँसो ३.४५ बजे सुरु हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *