Thursday, November 26, 2020
Home > मुख्य समाचार > ब्राउन सुगरसहित महिला पक्राउ

ब्राउन सुगरसहित महिला पक्राउ

प्रहरीले लागु औषध ब्राउन सुगरसहित एक महिलालाई झापाको काकँडभिट्टाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका २ स्थित सुब्बा चोक निवासी २२ वर्षीया रिना चौधरी (लिम्बु) रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको पानीटंयाकी नाकाबाट नेपालतर्फ आउँदै गरेकी चौधरीलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर ६ स्थित भन्सार गेड अगाडिबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट दुई ग्राम ब्राउन बरामद गरेको छ । यता ब्राउन सुगरसहित नियन्त्रणमा लिएका चौधरीलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी काकँडभिट्टामा राखिएको जनाइएको छ । त्यसैगरी प्रहरीले मेचीनगर नगरपालिका ५ नकलबन्दा भेटघाट चोकबाट लागूऔषध ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका ३ बेलडाँगी निवासी २७ बर्षीय बिर्खबहादुर राई, सोही ठाउँ बस्ने २९ बर्षीय पुकबहादुर कटवाल र २८ बर्षीय सिमन कटवाल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएका प्रहरीको टोलीले उनीहरुलाई चेकजाँच गर्दा लागुऔषध लुपिजेसिक ४५ एम्पुल, फेनारागन ४५ एम्पुल र डाईजोपाम ४५एम्पुल बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *