Sunday, May 26, 2019
Home > मुख्य समाचार > नारायणगढ मुग्लिन सडकको आधा दर्जन बढी ठाँउमा पहिरो

नारायणगढ मुग्लिन सडकको आधा दर्जन बढी ठाँउमा पहिरो

नारायणगढ मुग्लिन सडकको आधा दर्जन बढी ठाँउमा पहिरो जादा सवारी आगमन अवरुद्ध भएको छ । उक्त सडक खण्डको कालिखोला, ४ किलो डाँडा र जलबिरेमा पहिरो जाँदा मध्यरात करिब १ः३० बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कालीखोला देखि घुमाउनेसम्मको सडक खण्डमा ठूला ठूला पहिरो गएको र त्यो पहिरो दिनभरिमा पनि हटाउने सम्भावना कम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका सई कृष्ण ठकुरीले बताउनु भयो । दिनभरि पनि बाटो खुल्ने सम्भावना नभएपछि सवारी साधनलाई विकल्प प्रयोग गर्न आग्रह गरेको र सडकमा रोकिएका सवारी समेत बाहिर निकाल्ने काम भईरहेको उहाँले बताउनु भया्े । पहिरो हटाउने काम भईरहेको बताउदै उहाँले दिनभरी सडक सञ्चालनमा नआउने जानकारी दिनु भयो । वर्षा निरन्तर भैरहेकोले पहिरो फाल्न जोखिम हुँदा अझै पहिरो हटाउन कार्य सूचारु हुन नसकेको पनि प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *