Thursday, April 02, 2020
Home > खेलकुद समाचार > विश्व ट्वान्टी–२० एसिया छनोटका लागि १८ सदस्यीय टोलीको घोषणा

विश्व ट्वान्टी–२० एसिया छनोटका लागि १८ सदस्यीय टोलीको घोषणा

शरद भेषावकरलाई समेट्दै नेपालले आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ समूहका लागि १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । प्रतियोगिता अक्टोबर ३ देखि १२ सम्म मलेसियामा आयोजना हुँदैछ । नेपालले सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष तीन टोली दोस्रो चरणमा पुग्ने छन् । समूह ‘ए’ बाट शीर्ष तीन टोलीको रूपमा यसअघि नै यूएई, कतार र कुवेत दोस्रो चरणमा पुगिसकेका छन् । दोस्रो चरणबाट शीर्ष तीन टोली ग्लोबल छनोटमा पुग्ने छन् । १८ सदस्यीय टोलीमा छनोट भएका खेलाडीमा पारस खड्का (कप्तान), अनिलकुमार शाह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सागर पुन, सन्दीप लामिछाने, शाहब आलम, शरद, सोमपाल कामी र सुनील धमला छन् । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस रहेको छनोट समितिले खेलाडी छनोट गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *