Tuesday, August 04, 2020
Home > मुख्य समाचार > होम पाइपभित्र शव भेटियो

होम पाइपभित्र शव भेटियो

विराटनगरमा एक व्यक्तिको शव कुहिएको अवस्थामा भेटिएको छ । विराटनगर रानीस्थित छाला फ्याक्ट्री पूर्वपट्टि धान खेतको बीचमा शव भेटिएको हो । धानखेतको बीच भागमा उत्तरदक्षिण बग्ने पैनीमा रहेको होमपाइपभित्र शव लुकाएर राखिएको अवस्थामा भेटिएको छ । वडानम्बर १७ र १८ को सिमानामा रहेको होम पाइपभित्र शव राखेपछि दुवैतर्फ परालको बुजो बनाएर टालिएको अवस्था फेला परेको छ । शव कुहिएका कारण आसपासमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले शवको मुचुल्का उठाएको छ । शव कुहिएका कारण मृतकको पहिचान खुल्न सकेको छैन । मृतकको अनुहार पुरै कुहिएर खप्पर मात्र बाँकी रहेको छ भने शरीरको अन्य भागसमेत कुहिएको अवस्थामा फेला परेको छ । आपराधिक घटना घटाएर अज्ञात ब्यक्ति वा समुहले सो ठांउमा शव लुकाएको हुनसक्ने आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *