Sunday, January 17, 2021
Home > मुख्य समाचार > शिक्षा सेवा आयोग परीक्षाले होटल खचाखच ः पर्यटक समस्यामा

शिक्षा सेवा आयोग परीक्षाले होटल खचाखच ः पर्यटक समस्यामा

इलामका होटलहरु भरिएपछि बाहिरबाट इलाम भित्रिएका पर्यटकहरु समस्यामा परेका छन् । शिक्षा सेवा आयोगको परिक्षाका कारण होटलहरु भरिएपछि उनीहरुलाई कहाँ बस्ने भन्ने समस्या छाएको छ । इलाममा १ सय बीस होटल छन् । यहाँ एक रातका लागि सात सय जना बस्न सक्ने क्षमता छ । जम्मा परिक्षार्थी नै करिव सात हजार जना छन् । हाल सम्ममा १५ सय लाई राखिसकिएको छ । पर्यटकिय जिल्ला इलाम सदरमुकाममा रहेका सवै होटलहरु ऐले भरिएका छन् । शिक्षकसेवा आयोगको परिक्षाका कारण यहाँका होटलहरु भरिभराउ भएका हुन् । शिक्षक सेवा आयोगको परिक्षा लेख्न आउने एक चौथाई परिक्षार्थी इलाम नआइ यहाँका होटलहरु भरिएपछि बाहिरबाट परीक्षा लेख्न आउने परिक्षार्थी चिन्तित भएका छन् । पाँचथर र ताप्लेजुङका परिक्षार्थीले इलामबाट परिक्षा लेख्नेछन् । होटलहरु भरिएसँगै नजिकै रहेको बालनगाउँ होमस्टेमा पनि पर्यटक तथा परिक्षार्थीलाई पठाइरहेको छ बाइट ….परीक्षार्थी
शिक्षक सेवा आयोगको परिक्षा लेख्न प्राविका लागि मात्र चार हजार ४१ जनाले फारम भरेको जिल्ला शिक्षा समन्वय इकाई इलामले जानकारी दिएको छ । त्यस्तै निमावि र मावि का लागि पनि विषयगत रुपमा करिव तीन हजार गरि करिव सात हजार परिक्षार्थी परिक्षा लेख्न इलाम आउने छन् । तर १५ सय परिक्षर्थीलाई राख्दै होटलहरु भरिएपछि कहाँ राख्ने भन्ने चिन्ता छाएको छ । परिक्षा यही असोज ११, १२ र १३ गते हुँदैछ । इलाममा विगत वर्ष पनि यो भन्दा वढि परिक्षार्थी अटाइएकाले यस वर्ष समस्या नहुने होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेलले वताउनुभयो । सहज रुपमा कोठा पाउन मुस्किल भएको अनी सहज रुपमा बस्न नपाइएको पर्यटक तथा परिक्षार्थीहरुको गुनाशो छ । पर्यटकिय जिल्लामा नै यस्तो अवस्था सृजना हुनु दुखद हो । सवैलाई सजह रुपमा समेटेर राख्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *