Thursday, September 24, 2020
Home > मुख्य समाचार > प्रदेश सात राजधानीको नाम सुदुरपश्चिम

प्रदेश सात राजधानीको नाम सुदुरपश्चिम

प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने विषयमा प्रदेशसभाको दुई तिहाई मतले स्वीकृत गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भनी गरिएको प्रस्ताव र प्रदेशसभा सदस्य वीरमा चौधरी र शान्ति नेपाली समर्थनमा रहेको प्रतिवेदन दुई तिहाई बहुमतले स्वीकृत गरेको हो । स्वीकृत भएको प्रतिवदेन अनुसार स्थायी राजधानी कैलाली जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको ठाउँदेखि उत्तरपश्चिम, गोदावरी–धनगढी–डडेलधुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चारकिल्ला क्षेत्रमा पर्ने भएको हो । यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना गरी १४ जना प्रदेशसभा सदस्यहरुले वैठक बहिष्कार गरेका छन् । राजधानी अनुपयुक्त ठाउँमा भएको भन्दै उनीहरुले विरोध जनाउँदै बैठक बहिष्कार गरेका हुन् । यसैबीच प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले धनगढीमै राजधानी हुनुपर्ने भन्दै संसदमै नाराबाजी समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *