Thursday, September 24, 2020
Home > मुख्य समाचार > अपहरित खानको शव फेला

अपहरित खानको शव फेला

४ दिनदेखि वेपत्ता भएका इटहरी ११ का १६ बर्षिय इन्ताज खानको शव आज फेला परेको छ । उनको शरिरको आधा भाग डढेको अवस्थामा शव फेला परेको हो । खनारस्थित बुढी खोला किनारको धान खेतमा अनुहार र शरिर डढेर कालो भएको अबस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । शरिरमा भएको कपडा पूर्णरुपमा जलेको छ । खान शुक्रबारदेखि वेपत्ता भएका थिए । प्रहरीले खानको खोजी गर्ने क्रममा उनका चारजना साथीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएपनि आइतबार साझ उनिहरुलाई छोडेको थियो । घटनाका बिषयमा थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपि शिव श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *