Monday, April 19, 2021
Home > मुख्य समाचार > रौतहटको गौरबाट सिके राउत पक्राउ

रौतहटको गौरबाट सिके राउत पक्राउ

सिके राउत रौतहटको गौरबाट पक्राउ परेका छन । राउतलाई प्रहरीले आज दिउँसो रौतहटबाट पक्राउ गरेको हो । पूरानो मुद्दाको पेशी दिएर निस्कने क्रममा प्रहरीले रौतहट जिल्ला अदालत अगाडिबाट राउतलाई पक्राउ गरेको हो । अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए । उनीहरुले सीके राउतको पक्राउको विरोधमा प्रदर्शन गरेका छन् । राउतलाई राज्य विरुद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । यसअघि पटकपटक पक्राउ पर्दै आएका राउतलाई राज्य विप्लवको मुद्दा लागे पनि छुट्दै आएका छन । भदौ ३ गते संविधान दिवसको विरोधमा तराईंका विभिन्न स्थानमा उनकै नेतृत्वमा ‘कालो दिवस’ मनाएको थियो । प्रहरीले खोजी सूचीमा राखेका राउतले संविधान दिवसको विरोधमा जनकपुरको मुख्य चोकमा सम्बोधन गर्दासमेत प्रहरीले पक्राउ गरेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *