Monday, January 18, 2021
Home > मुख्य समाचार > नयाँ नोट लिन विहानैदेखि लाइन

नयाँ नोट लिन विहानैदेखि लाइन

नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण सुरु गरेको छ । नेपालीहरुको महान चाड दसैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटहीको सुविधा उपलब्ध गराएको हो । आगामी असोज २९ गतेसम्म ५, १०, २० र एक सय दरका गरी जम्म एक जनाले २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने व्यवस्था मिलाइएको बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिनु भयो । नयाँ नोट राष्ट्र बैंकको केन्द्रिय तथा क्षेत्रीय कार्यालयहरुबाट लिने व्यवस्था मिलाइएको छ । त्यसैगरी केही बाणिज्य बैंकहरुबाट पनि नयाँ नोट सटही गर्न पाउने व्यवस्था गरिएको पनि नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैबीच, नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय थापाथलीमा नयाँ नोट सटहीका लागि भीड लागेको छ । नेपाल राष्ट्र बैंकले दसैंको अवसर पारेर हरेक वर्ष नयाँ नोट सटही गर्दै आएको छ । राष्ट्र बैंकले नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न अनुरोध पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *