Sunday, January 17, 2021
Home > मुख्य समाचार > छातिमा जमरा उमार्दै निरादेवि

छातिमा जमरा उमार्दै निरादेवि

यसैबीच, मोरङको रंगेलीस्थित संसारी माईस्थान मन्दिरमा एक महिलाले छातीमा जमरा उमार्न निर्जल उपवासमा बसेकी छिन् । घटस्थापनादेखि विधिवत रुपमा पूजापाठ गरेर मोरङ जहदा गाउँपालिका वार्ड नं.४ की ४० वर्षिया निरादेवी मण्डलले छातीमा जमरा उर्मान कलशसहित र्निजल उपवास बसेकी हुन् । मण्डलले मन्दिरको पक्की भुईमा बाटो थुपारेर त्यसमाथि आफु सुतेर छातीमाथी कलशसहित जमरा उर्मान मकै, धान, गहुँलगायत छरेकी छन् । छातीमा जमरा उर्मान मन्दिर परिसरमा सुतेकी मण्डललाई हेर्नेहरुको घुईचो लाग्ने थालेको छ । निसन्तान रहेकी उनले जितिजा पर्वको राती छातीमा जमरा उर्मान सन्सारीमाई मन्दिरमा बसेको सपना आएपछी आफुले र्निजल कठोर भाकल पुरा गर्न बसेको बताइन् । गतवर्ष भारत अररिया जिल्ला पलासी १ बस्ने ४५ वर्षिया अनितादेवी चौधरी आफनो भाईका ६ वटा छोरी जन्म हुँदासमेत छोराको जन्म नभएकोे भनी भाकल गरे लगतै छोराको जन्म भएपछी उनले समेत कठोर भाकल पुरा गर्न छातीमा जमरा उर्मन बसेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *