Wednesday, April 01, 2020
Home > मुख्य समाचार > विराटनगर जुट मिलको उत्पादन बृद्धि

विराटनगर जुट मिलको उत्पादन बृद्धि

मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल सञ्चालनमा आएसँगै उत्पादनलाई वृद्धि गर्दे लगेको छ । गत माघ महिनामादेखि परीक्षण उत्पादन गरेको मिल्सले भदौ अन्तिमदेखि व्यवसायीक उत्पादन सुरु गरेको छ । जुट मिलका पुराना र जीर्ण भएका मेसिन मर्मत गरेर फेरि सञ्चालनमा ल्याइएको हो । अहिले यो मिलबाट दैनिक ६ टन उत्पादन जुट उत्पालन हुने गरेको छ । कहिले बन्द त कहिले चालु हुने गरेको मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल पुन सञ्चालनमा आएको छ । मिल सञ्चालक समितिका अध्यक्ष बसन्त वनले नेपाल सरकारको सहयोग र समितिको पहलमा मिल्सलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरिरहेको बताउनु भयो । उहाले अहिले दैनिक ६ टन मात्र उत्पादन थालिएको भएपनि त्यसलाई बृद्धि गरेर दशै पछाडिदेखि २० टन सम्म पु¥याइने बताउनु भयो । वनले मिल जीर्ण मेसिन मर्मत, कच्चा जुट, कामदार तथा अन्य व्यवस्थापकीय काम सकेपछि मिल पूर्ण रुपमा संचालन गर्ने पनि जानकारी दिनुभयो । भारतको कलकत्ताबाट ल्याइएका जुट विशेषज्ञको टोलीले उत्पादन, परामर्श र बजारीकरणमा सहयोग गरिरहेको जुट मिलले जनाएको छ । जुटको सामाग्रीको बजार माग राम्रो रहेको बताउदै अध्यक्ष वनले पहिलो चरणमा मिलबाट जुटको सुत्ली उत्पादन गरिएको र भारतीय बजारको मागअनुसार अब बोरा उत्पादन सुरु गर्ने व्यवस्थापनले तयारी गरेको उहाको भनाई छ । मिल सञ्चालनमा आएपछि पहिले यससँग जोडिएका धेरै कामदारले रोजगारीसमेत पाएका छन् । अहिले १ सय जना कामदारले काम गरिरहेका छन् । बिस्तारै उत्पादन पनि बढाउने र कामदार पनि थप्दै जाने व्यवस्थापन पक्षले तयारी गरेर अगाडि बढिरहेको छ । अबको ८ महिना पछि मिलले मासिक ४५ टन उत्पादन गर्ने गरी काम गरिरहेको व्यवस्थापन पक्षले जनाएको छ । मिलले कामदारको सूची बनाइसकेकाले सञ्चालन क्षमता बढ्दै जाँदा उनीहरुलाई रोजगारी दिँदै जाने योजना बनाएको छ । नेपालका कृष्णप्रसाद कोइराला र रामलाल गोल्छासमेतको सहयोगमा भारतका उद्योगी राधाकृष्ण चमडियाले वि.सं १९९३ मा मिलको स्थापना गरेका थिए । यहीँबाट नेपालको औद्योगिक इतिहास सुरु भएको थियो । मुलुककै पहिलो उद्योग सञ्चालन गर्न व्यवस्थापनले कुनै कसर बाँकी नराख्ने व्यवस्थापन पक्षले जनाएको छ । विभिन्न राजनीतिक , आर्थिक लगायतका कारणले यसभन्दा अघि पनि जुट मिल बन्द हुँदै खुल्दै गरेको भएपनि अब दिगो रुपमा सञ्चालन हुने दावी अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *