Saturday, July 11, 2020
Home > मुख्य समाचार > बालिका बलत्कारपछि हत्याका दुई अभियुक्त पक्राउ

बालिका बलत्कारपछि हत्याका दुई अभियुक्त पक्राउ

धनुषामा एक जना बालिकाको बलात्कारपछि हत्यामा संलग्न दुईजना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरेर घटनामा संग्लन रहेका अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । धनुषा औरही गाउँपालीका वडा नं. २ स्थित राम अशिष यादवकी १० वर्षीया छोरी मनिताकुमारी यादवको बलात्कारपछि हत्या भएको थियो । पक्राउ पर्नेहरुमा सोही गाउँ बस्ने विनोद मुखिया बिन र नथुनी पण्डित रहेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले १० रुपैयाँको लोभ देखाएर बालिकालाई एकान्त ठाउँमा लगेर सामूहिक बलत्कारपछि हत्या गरेको जानकारी दिनुभयो । मादकपदार्थ सेवन गरेको अवस्था बालिकालाई फकाएर चौरमा लगेर बलात्कार गरेको र घटना सार्वजनिक हुने डरका कारणले हत्या गरेको अभियुक्तहरुले स्वीकारेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *