Wednesday, April 01, 2020
Home > मुख्य समाचार > २४ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा

२४ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा

चितवनको रत्ननगरमा २४ वटा चोरीको मोटरसाइकल एक साथ नियन्त्रणमा लिएर सार्वजनिक गरिएको छ । मोटरसाईकलहरु हराउने क्रम बढेपछि प्रहरीले बढाएको सक्रियताका कारण ३ महिनाको अवधीमा २४ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरिक्षक (डिएसपी) दयानिधि ज्ञवालीले विशेष चेकिङ्गका क्रममा र सुराकीका आधारमा तीन महिनाको अवधिमा २४ वटा मोटरसाईकल वरामद गरेको जानकारी दिनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय चितवनको चोरीका घटना नियन्त्रण अभियान सफलताका साथ अघि बढिरहेको बताउनुभयो । यसैबीच इलाका प्रहरी कार्यालय रत्ननगरले तीन महिनाको अवधिमा १७ किलो चरेससमेत बरामद गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *