Sunday, July 05, 2020
Home > मुख्य समाचार > उद्योग मन्त्रीद्वारा आइसीपीको अनुगमन

उद्योग मन्त्रीद्वारा आइसीपीको अनुगमन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विराटनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आइसिपि)को स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । भारतीय पक्षलाई पूर्व जानकारी विना मन्त्री निरीक्षण र ब्रिफिङका लागि भन्दै निर्माणाधीन आइसिपीको भारततर्फ प्रवेश गर्नुभएको थियो । मन्त्रीसँगै काठमाडौंबाट विराटनगर आउनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे र यामकुमारी खतिवडा तथा मोरङका स्थानीय सुरक्षा अधिकारीलाई नेपालतर्फ छाडेर मन्त्री भारतीय आइसीपीको निरीक्षणमा जानुभएको थियो । मन्त्री यादव झण्डा हल्लाउँदै भारतीय आइसीपीको निरीक्षणमा गएपछि नेपालतर्फ नै बसेका मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, प्रहरी प्रमुख मनोज केसीलगायतका अन्य सरकारी कर्मचारीहरु, सचिवहरु असमन्जसमा देखिन्थे । आइसिपी सुरक्षार्थ तैनाथ भारतीय प्रहरीले सुरुमा मन्त्रीको सवारी साधन प्रवेशका लागि कागजपत्र मागेका थिए । त्यसक्रममा केही विवाद सिर्जना भएपछि आइसिपीका व्यवस्थापक आरके रमणले मन्त्रीलाई भित्र लगेका थिए । क्यामेरामा बोल्न नमाने पनि मन्त्री यादवले भने नेपाल सरकारको अनुमति लिएर नै भारतीय आइसीपीको निरीक्षण गरेको दाबी गर्नुभयो । भारततर्फ निर्माणाधीन आइसिपीको अवलोकन तथा निरीक्षणपछि आफूले आइसिपी निर्माणका विषयमा भारतिय अधिकारीहरुसँग ब्रिफिङ लिएको जानकारी दिनुभयो । भारतीय सहयोगमा निर्माणाधीन विराटनगर आइसिपी अबको केही दिनमा नै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *