Wednesday, April 01, 2020
Home > मुख्य समाचार > प्रधानमन्त्री केही दिन अस्पतालमै रहने

प्रधानमन्त्री केही दिन अस्पतालमै रहने

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि केही दिन अस्पतालमा नै रहनु हुने भएको छ ।
त्रिवि शिक्षण अस्पतालले आज बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि डिस्चार्ज गर्न नसकिने बताएको हो । प्रधानमन्त्रीको रगत परीक्षण तथा छातीको एक्सरे रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहे पनि प्रधानमन्त्रीलाई दिइएको औषधिको मात्रा नपुगेकोले अझै केहि दिन अस्पतालमा नै रहनु हुने डा दिव्या सिंहले जानकारी दिनु भयो । अहिलेनै काममा फर्कने गरि स्वास्थ्य अवस्था तयार नभएको र केहि औषधि नियमित सेवन गर्नुपर्ने तथा अस्पतालमा आराम समेत मिल्ने भएकोले प्रधानमन्त्री केहिदिन अस्पतालमा नै बस्नुहुने डा सिंहले बताउनु भयो ।प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलन देखिए पछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । बुधबारबाट प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिनु भयो । साथै प्रधानमन्त्रीले उपचार कक्षमा सामान्य हिँडडुल र खाना आफैले खान थाल्नु भएको पनि डा सायमीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *