Monday, January 18, 2021
Home > राष्ट्रिय समाचार > समुदाय प्रहरी साझेदारी

समुदाय प्रहरी साझेदारी

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय सुनसरी बीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।
आज उपमहानगरपालिकामा भएको एक कार्यक्रममा नगर प्रमुख द्वारिकलाल चौधरी र एसपी राजन अधिकारी बिच सहमति भएको हो । सहमति पत्रमा हस्ताक्षर भए पछि मेयर चौधरीले सबै नागरिक बिना बर्दीको प्रहरी भएको भन्दै समुदायमा शान्ति स्थापना गर्न आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । समाजमा अपराध गर्ने मात्र दोषी नभएको भन्दै अपराध लुकाउने पनि उत्तिकै दोषि रहेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी प्रमुख अधिकारीले टोलस्तर सम्म पुुगेर दिगो र दीर्घकालीन सहकार्यमार्फत समुुदायमा शान्ति निर्माण गर्ने भूमिका खेल्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *