Wednesday, October 28, 2020
Home > खेलकुद समाचार > १ नम्वर प्रदेश स्तरीय पुरुष भलिबल धनकुटामा

१ नम्वर प्रदेश स्तरीय पुरुष भलिबल धनकुटामा

धनकुटा १६ कार्तिक,
धनकुटामा आगामी मंसिर ९ गते देखि १३ गतेसम्म १ नम्वर प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगितामा १४ जिल्लाका १४ टिमको सहभागिता रहने आयोजक समितीका अध्यक्ष सागर थापाले जानकारी दिनुभयो । भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ५१ हजार १ सय ११ रुपैया नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै क्रमश दोस्रो हुनेले १ लाख १ हजार १ सय ११ तेस्रो हुनेले ५१ हजार १ सय ११ र चौथोहुने टिमले २५ हजार १ सय ११ नगदसहित शिल्ड प्रमाणपत्र प्राप्त गर्ने छन् । सोही कार्यक्रममा प्रदेश न १ बाट अन्तराष्ट्रिय भलिवल प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गर्ने ७ जना अन्तराट्रिय खेलाडीलाई सम्मान समेत गरिने जानकारी दिइएको थियो , खेलको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने तथा समापन भने मुख्यमन्त्री शेरधन राईले गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *