Friday, March 05, 2021
Home > खेलकुद समाचार > इपीएल अन्तर्गत टोटनह्याम, कार्डिफ सिटी र न्युकासल विजयी

इपीएल अन्तर्गत टोटनह्याम, कार्डिफ सिटी र न्युकासल विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति टोटनह्याम हट्सपर, कार्डिफ सिटी र न्युकासल युनाईटेड विजयी भएका छन् ।

अंक तालिकामा चौथो स्थानमा रहेको टोटनह्यामले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । यसैगरी न्यूकासल युनाईटेडले बर्नमाउथलाई २–१ ले पराजित गर्दा कार्डिफ सिटीले ब्राईटनलाई पनि २–१ कै गोलअन्तरमा हरायो । हडर्सफिल्ड टाउनले वेष्ट ह्याम युनाईटेडसँग १–१ गोलको बराबरी खेल्दा लेष्टर सिटी र बर्नलेले गोलरहित बराबरी तथा वाट्फोर्ड र साउथह्याम्पटनले १–१ गोलको बराबरीमा चित्त बुझाउनुर्पयो ।

जितसँगै टोटनह्यामले १२ खेलबाट २७ अंक बनाएको छ । शीर्ष स्थानको म्यान्चेष्टर सिटीको २९ अंक छ । यस्तै दोस्रो र तेस्रो स्थानको चेल्सी र लिभरपुलको पनि २७–२७ अंक भए पनि दुबै टिमले एक एक खेल कम खेलेका छन् । यसैविच, प्रिमियर लिग फुटबलमा आज चार खेल हुदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *