Thursday, September 24, 2020
Home > खेलकुद समाचार > म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायमै

म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायमै

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आफुलाई शीर्ष स्थानमा कायमै राखेको छ । गएराति भएको म्यानचेस्टर डर्बीमा युनाइटेडलाई ३–१ गोलअन्तरले हराउँदै सिटीले शीर्ष स्थानमा दुई अंकको दूरी कायमै राखेको हो । उसको १२ खेलबाट ३२ अंक छ भने दोस्रो स्थानको लिभरपुलको समान खेलबाट ३० अंक छ । सिटीको जितमा डेभिड सिल्भा, सर्जियो एग्यूरो र गण्डोगानले गोल गरे । युनाइटेडका एन्थोनी मार्सलले पेनाल्टीमार्फत एक गोल फर्काए । गएराति नै भएका अन्य खेलमा आर्सनलले वोल्भरह्याम्प्टनसँग एक एक गोलको बराबरी खेल्दा चेल्सीले आफ्नै मैदानमा एभर्टनसँग गोलरहित बराबरी खेल्यो । लिभरपुलले भने लिगको पुच्छारमा रहेको फुलह्यामलाई २–० ले हरायो । लिभरपुलका लागि मोहम्मद सलाह र जदरान शाकिरीले गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *