Friday, April 03, 2020
Home > राष्ट्रिय समाचार > दुई वर्ष भित्र माग अनुसार सिटामोल उत्पादन गर्ने औषधि लिमिटेडको तयारी

दुई वर्ष भित्र माग अनुसार सिटामोल उत्पादन गर्ने औषधि लिमिटेडको तयारी

काठमाडौ, २६ कार्तिक । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्ष भित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ ।

सिटामोलको माग बढि रहेका बेला नेपाल औषधि लिमिटेडले २ वर्ष भित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार पारेको हो । २ वर्ष भित्र बजारमा माग अनुसारको आपूर्ति हुने गरी सिटामोल उत्पादन गर्ने गरी योजना तय गरिएको लिमिटेडका महाप्रबन्धक रोवशकुसुम सुवेदीले जानकारी दिनु भयो । लिमिटेड बोर्ड बैठकले अव छिट्टै सिटाप्लस पनि उत्पादन गर्ने योजना बनाएको छ । लिमिटेडले जीवन जल र सिटामोल उत्पादन गर्दै आएको छ । सिटाप्लस उत्पादनका लागि यो वर्ष २ वटा मेसिन थप्ने तयारी गरिएको छ । लिमिटेडको पञ्चवर्षीय व्यापारिक योजनामा आईरन चक्कीलगायतका १६ वटा औषधि उत्पादन गर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *