Sunday, July 05, 2020
Home > खेलकुद समाचार > प्रदेश १ स्तरीय बास्केटबल प्रतियोगिता भोलीदेखि इटहरीमा हुने

प्रदेश १ स्तरीय बास्केटबल प्रतियोगिता भोलीदेखि इटहरीमा हुने

इटहरी, २६ कार्तिक । प्रदेश १ स्तरीय बास्केटबल प्रतियोगिता भोलीदेखि इटहरीमा हुने भएको छ ।

सगरमाथा युवा क्लबले आयोजना गर्न लागेको प्रतियोगिताबारे जानकारी गराउँदै क्लबका सल्लाहकार सिजन गुरुङले राज्यले बास्केटबललाई ध्यान नदिएको र अन्य खेलहरुको तुलनामा बास्केटल पछाडि परेकाले बास्केटल प्रतियोगिता गराउन लागेको बताउनुभयो । उहाँले एक वर्षमात्रै नभई बर्सेनि खेल आयोजना गर्ने जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुलाई नक आउट फरम्याट अनुसार प्रतिस्पर्धा गराइने बताइएको छ । प्रतियोगिता मोफसलकै ठूलो र पहिलो प्रदेशस्तरीय प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ । बास्केटबल खेलको बिकास र खेलको माध्यमबाट आपसी भाइचारा सम्बन्ध स्थापित गराउनका लागि आयोजना गरिएको आयोजककै प्रदीप गुरुङले बताउनुभयो । प्रतियोगितामा सुनसरी, मोरङ र झापाका गरी १४ वटा टीम सहभागी रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *