Wednesday, October 21, 2020
Home > Uncategorized > गाई काटेको आरोपमा ३ पक्राउ

गाई काटेको आरोपमा ३ पक्राउ

सुनसरी, २६ कार्तिक । गाई काटेको आशंकामा प्रहरीले सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारीबाट तीनजनालाई नियन्त्रणमा लिएको छ ।

सुराकीका आधारमा बलुवा वस्ती पुगेको प्रहरीले मासुसहित स्थानीय समसा खातुन र भोक्राहाका हमिर मन्सुरीसँगै फरमुद्दिन मन्सुरीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद गरेको मासु परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मासुको परीक्षण रिपोर्ट आएपछि थप कार्वाहीको प्रकृया अघि बढ्ने सुनसरी प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *