Wednesday, September 30, 2020
Home > मुख्य समाचार > छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ दिईने

छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ दिईने

तराईवासीको महत्वपूर्ण पर्व छठ आज भव्यताका साथ मनाइँदैछ । नजिकको जलाशयमा नुहाइधुवाई गरी आज अस्ताउँदो सूर्यलाई विधिपूर्वक पहिलो अर्घ दिइ भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिन्छ । भोलि विहानै उदाउदो सूर्यलाई अर्घ दिएर पुजापाठ गर्दै यो पर्व समापन हुने छ । सम्पुर्ण चराचर जगतका उर्जाका श्रोत तथा जिवित देउताका रुपमा मानिएका भगवान सूर्यलाई अर्घदिंदै यो पर्व मनाउने गरिएको छ । यस पर्वमा भगवान् सूर्यलाई प्रसादका रूपमा गहुंको पिठोबाट बनाइने ठेकुवा र चामलको पिठोबाट बनाइने भुसुवा, तथा फलफुलहरु केरा, उखु, नरिवल, पान, सुपारी, हर्दी, अदुवा मिठाई लगायत नैबेद्यको रुपमा चढाइन्छ । ती समाग्रीहरु माटोको भँडो र बँसको टोकरी, नाङलो र कोनियामा राखेर सूर्यदेवलाई अर्पण गरिन्छ । सूर्यलाई अर्घ दिनुअघि षष्ठीका देवीलाई पुजा गर्ने परम्परा रहेकाले यो पर्वलाई छैठ भनिएको हो । षष्ठी तिथिको ब्रत गर्दा चमत्कारिक लाभ मिल्ने मैथिली ग्रन्थहरुमा उल्लेख छ । छैठ पर्व गर्दा मनोकांक्षा पुरा हुने, सन्तान प्राप्ति तथा असाध्य रोगहरु निको हुने विश्वासमा श्रद्धालुहरुले गरेको भाकल अनुसार यो पर्वको शुरुआत गर्ने गर्छन । यो पर्वको नियम निष्ठा अत्यन्त कडा रहेकोले पवित्रतालाई बिशेष ध्यान दिइएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *