Wednesday, May 27, 2020
Home > खेलकुद समाचार > एटीपी फाइनल्सको पहिलो खेलमा जोकोभिच विजयी

एटीपी फाइनल्सको पहिलो खेलमा जोकोभिच विजयी


विश्व नम्बर एक नोभाक भएका छन् । लण्डनको ओटू एरेनामा भएको खेलमा सर्वियन खेलाडी जोकोभिचले अमेरिकाका जोन इस्नरलाई हराउँदै प्रतियोगिताको दाबेदारीता प्रस्तुत गरेका छन् । ३१ वर्षे जोकोभिचले इस्नरमाथि २–० को सहज जित निकाले । विश्व वरियताको १० औं स्थानमा रहेका इस्नरलाई जोकोभिचले ६–४ र ६–३ को सोझो सेटमा हराए । पहिलो पटक एटिपी फाइनल्स खेलेका इस्नरमाथि जोकोभिचले पहिलो सेटको पाँचौं र दोस्रो सेटको छैटौं खेलमा ब्रेक गरेका थिए । यसअघि जर्मनीका अलेक्जेन्दर जभेरेभले क्रोएसियाका मरिन सिलिचलाई ७–६ र ७–६ को प्रतिष्पर्धात्मक सेटमा हराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *