Tuesday, July 07, 2020
Home > राष्ट्रिय समाचार > यस्तो रह्यो राष्ट्रपतिको छठ

यस्तो रह्यो राष्ट्रपतिको छठ

काठमाडौ, २७ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा छठको पूजा गर्नुभएको छ ।

काठमाडौ कमलपोखरीमा बनाइएको घाटमा पुगि राष्ट्रपति भण्डारीले अस्ताउदो सूर्यलाई अर्घ,जल चढाएर पूजा गर्नु भएको हो । राष्ट्रपतिले पूजा गरे सँगै घाटमा रहेका भक्तजनहरुले पूजा सुरु गरेका थिए । भण्डारीले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको नदी किनारको अवलोकनसमेत गर्नुभएको थियो । कमलपोखरी सहित गौरीघाट, गुह्येश्वरी क्षेत्रको बागमती नदी किनारमा छठ पूजाको लागि घाटहरु बनाइएको छ । घाटहरुलाई ध्वजापताका र झल्लार बत्तीहरुले दुलहीझै सजाइएको छ । विशेष गरि मिथिला क्षेत्रमा मनाइने यो पर्व पछिल्लो केही वर्षयता काठमाडौ उपत्यकामा पनि मनाउन थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *