Wednesday, October 28, 2020
Home > मुख्य समाचार > छठ मनाउन जाँदै गरेकी बालिकाको ट्याक्टरले किचेर मृत्यु

छठ मनाउन जाँदै गरेकी बालिकाको ट्याक्टरले किचेर मृत्यु

झापा, २७ कार्तिक । मेची नदीमा छठ मनाउन पूजा स्थलतर्फ गइरहेकी एक बालिकाको ट्याक्टरले किचेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ पोखरीटोल निवासी राखी यादवकी ६ बर्षीया छोरी राशी यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो । मेची नदीमा परिवारसंग छठ मनाउनका लागि राशीसहित उनका परिवार मे १ त ५२३२ नम्बरको ट्याक्टर चढेर पूजा स्थलतर्फ गइरहेका थिए । ट्याक्टरको अगाडि पट्टीका सिटमा बसेकी राशी टयाक्टरबाट खसेपछि उनलाई टयाक्टरको अगाडिको चक्काले किचेको थियो । टयाक्टरले किचेर गम्भिर घाइते भएकी उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक जवेगुले बताउनुभयो । प्रहरीले टयाक्टर चालक बन्धन उराउलाई नियन्त्रणमा लिएको छ । मेची पुलमाथि पैदलयात्रीबाहेक अन्य कुनै पनि सवारीसाधन चढन नदिने सुरक्षा योजना अनुशार नदीबाट ट्याक्टर जान नसक्ने भएपछि ट्याक्टर चालकले जबरजस्ती पुलमाथिबाट ट्याक्टर लैजान खोज्दा दुर्घटना भएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *