Friday, April 03, 2020
Home > खेलकुद समाचार > महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलो जित

महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलो जित


आईसीसी टि –२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । लगातार दुई खेलमा पराजित भएको पाकिस्तानले गएराति आएरल्याण्डलाई ३८ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३९ रन जोडेको थियो । पाकिस्तानका लागि जावरिया खानले नट आउट ७४ रन बनाउँदा अएसा जफारले २१ रन जोडेकी थिइन् । आएरल्याण्डका लागि लुसी रिलीले ३ विकेट लिएकी थिइन् । १४० रनको लक्ष्य लिएर मैदानमा आएको आएरल्याण्डले ९ बिकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो । इसबोल जोयसीले ३० रन बनाउँदा कार्ले सिलिङटनले २७ रन बनाइन् । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *