Thursday, June 04, 2020
Home > मुख्य समाचार > आज विश्व मधुमेह दिवस

आज विश्व मधुमेह दिवस

आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईदैछ । मधुमेह रोग लाग्नुको कारणबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यका साथ काठमाडौंलगायत देशका मुख्यमुख्य सहरहरुमा विश्व मधुमेह दिवसको अवसर पारेर जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ । यसै अवसर पारेर लायन्स क्लव इन्टरनेशनलले काठमाडौंको विभिन्न स्थानमा आज बिहान प्रभातफेरी निकालेको छ । यस रोग लाग्न नदिन शारिरिक व्यायाममा विशेष जोड दिन आह्वान गर्दै लायन्सले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । यो रोग लाग्न नदिन सचेत रहन अपिल गर्दै प्रभातफेरी कार्यक्रम संचालन गरिएको लायन्स राकेश चक्रधरले जानकारी दिनु भयो । नेपालमा उपयुक्त खानपान र शारीरिक व्यायामको अभावमा मधुमेह रोग बढने गरेको विभिन्न विभिन्न अध्ययनले देखाएको छ । चिकित्सकहरुले मधुमेह रोगबाट बच्न शारिरिक रुपमा तन्दुरुस्त रहन आग्रह गर्दै आएका छन । उनीहरुले यो रोगबाट बच्नका लागि सन्तुलित भोजन र दैनिक ३० मिनेट शारिरीक व्यायाम गर्न सचेत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *