Wednesday, November 25, 2020
Home > मुख्य समाचार > प्रधानमन्त्री ओली र चीनका पर्यटन तथा संस्कृतिमन्त्री शुगाङविच भेटवार्ता

प्रधानमन्त्री ओली र चीनका पर्यटन तथा संस्कृतिमन्त्री शुगाङविच भेटवार्ता

काठमाडौ, २८ कार्तिक । प्रधानमन्त्री केपी ओलीले नेपाल विकास र समृद्धिको बाटोमा अघि बढेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज चीनका पर्यटन तथा संस्कृतिमन्त्री लुओ सुगाङसँगको भेटमा नेपाल विकास र समृद्धिको बाटोमा अघि बढिरहेको बताउनुभएको हो । त्यस अवसरमा उहाँले नेपालको विकासमा चीन सरकारको सहयोग अझै वृद्धि हुने विश्वास पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा चीनका पर्यटन तथा संस्कृतिमन्त्री सुगाङले नेपालको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक लगानी गर्न आफ्नो सरकार सदैव तयार रहेको बताउनु भएको थियो । त्यसैगरी उहाँले नेपालको समृद्धिका लागि यहाँको सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिन पनि प्रधानमन्त्री ओलीसँग आग्रह गर्नु भएको थियो । चिनियाँ मन्त्रीले नेपालको विकासका लागि सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष जोड दिन आग्रह गर्नु भएको भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो । चीनका मन्त्री सुगाङले प्रधानमन्त्री ओलीसँगको भेटमा भूकम्पले क्षति पुर्याएको नेपालको सांस्कृतिक सम्पदा विगतको भन्दा पनि उन्नत ढंगले पुनर्निर्माण हुने हुने विश्वास पनि व्यक्त गर्नु भएको थियो । त्यस अवसरमा मन्त्री सुगाङले ‘पर्यटन भ्रमण वर्ष, २०२०’ लाई सफल बनाउन पनि आफ्नो मुलुकले सक्दो सहयोग गर्ने बचन दिनुभएको थियो ।

नेपालमा चिनियाँ पर्यटक गत वर्षभन्दा ४८ प्रतिशतले वृद्धि भएको छ । यसलाई अझै बढाउन यहाँको सांस्कृतिक सम्पदाको संरक्षणमा नेपालले जोड दिनुपर्ने मन्त्री सुगाङको प्रधानमन्त्री ओलीलाई सुझाव थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *